कुनै राजनीतिक दलमा आबद्ध छैनः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू कुनैपनि राजनीतिक दलमा आबद्ध नभएको बताएका छन् ।

नेकपा एमालेको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारीको नाम भेटिएपछि गभर्नर अधिकारीले आफू कुनैपनि दलमा आबद्ध नभएको प्रष्टिकरण दिएका हुन् । गभर्नर अधिकारी खोटाङ हुन् भने अहिले ललितपुरमा बस्छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नै अधिकारी राष्ट्र बैंकमा गभर्नर पदमा नियुक्त भएका थिए । कार्यकारी निर्देशकबाट डेपुटी गभर्नरमा नियुक्त हुँदा प्रधानमन्त्री एमालेका नेता(हाल एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल प्रधानमन्त्री थिए ।

डेपुटी गभर्नरबाट अवकास भएपछि अधिकारीलाई एमाले अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला लगानी बोर्डको सीइओ बनाएका थिए ।

ट्वीटरमा जवाफ दिदैं अधिकारीले भने, ‘म कतै कुनै पार्टी राजनीतिमा नरहेको ब्यहोरा जानकारी गराउन चाहान्छु । यसर्थ त्यहां उल्लेख गरिएको ब्यक्ति म हुने कुरै भएन। ध्यानाकर्षण गराईदिनुभएकोमा हार्दिक धन्यवाद ।’


क्लिकमान्डु