सेञ्चुरी बैंकको क्रेडिट कार्ड हुनेले क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका भिसा डेविट र क्रेडिट कार्डबाहकले क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । बैंक र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोका क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।

यस सम्झौतापछि सेञ्चुरी बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि क्यूआर स्क्यानमार्फत् भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन । क्रेडिट कार्डवाहकहरुले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ शुरुवात हुने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।

सेञ्चुरी बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु