फूटपाथमा निर्माण सामग्री राख्ने साहलाई काठमाडौं महानगरले तिरायो ५ हजार जरिवाना



काठमाडौं । सडक यात्रुलाई असुविधा हुने गरी सडकमा निर्माण सामग्री राख्ने एकजनालाई काठमाडौं महानरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिका वडा नम्बर ११ मा बिक्की साहलाई महानगरले ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

‘फूटपाथ अवरोध भएर पैदलयात्रुका लागि असुविधा भएका गुनासो महानगरपालिकामा निरन्तर आइरहेका छन्,’ महानगरले भनेको छ, ‘कारबाही बाध्यता हो । तर कानूनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्र्तव्य हो ।’

महानगरले यस्ता गुनासाको सम्बोधन र अनुगमन सधै भइरहने समेत बताएको छ ।


क्लिकमान्डु