नबिल र बंगलादेश बैंकको एकिकृत कारोबार आजबाट



काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकबीच आज (सोमबार) देखि एकीकृत कारोबार गर्ने भएका छन् ।

नबिल बैंकले बंगलादेश बैंकलाई प्राप्ति गरेपछि आजबाट एकीकृत कारोबार हुन लागेको हो । दुवै बैंकको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।

बैंकका अनुसार असार १७ को पत्रमार्फत गाभिने कम्पनीको सम्पूर्ण ऋण धन दायित्व हालको कम्पनीले व्यहोर्ने उल्लेख छ ।
यस्तै बाँकी रहेको विवरण समेत बुझाउने सकार्ने गरी प्राप्ति को स्वीकृति प्राप्त भएपछि १९ गते बसेको बैठकले २७ गतेदेखि नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।


क्लिकमान्डु