जयविरसिंहको कम्पनीले प्याड आयात नगर्ने दाबी



काठमाडौं । जयविरसिंह देउवा अध्यक्ष रहेको ब्युप्रिन्ट ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरू सेनेटरी प्याडको आयात नगर्ने जनाएको छ ।

धानमन्त्रीका छोरा जयविरसिंह अध्यक्ष भएको कम्पनीले बच्चाले लगाउने डाइपर मात्र आयात गरेको तथा सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रामक भएको दाबी गरेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक हेमन्त बजगाईले जारी गरेको विज्ञप्तीमा सञ्चारमाध्यममा एकतर्फी समाचार आएको दाबी गरिएको छ ।

कम्पनीमा जयविरको नाममा ७० प्रतिशत तथा बजगाईको नाममा ३० प्रतिशत सेयर छ ।


क्लिकमान्डु