विदेशी मुद्रा सञ्चिति बढाउन ब्याजदर बढाउनुपर्छः उपाध्यक्ष सुनिल केसी



काठमाडौं । नेपाल बैकर्स संघका उपाध्यक्ष सुनिल केसीले विदेशी मुद्राको सञ्चिति बढाउन ब्याजदर बढाउनुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिको सुझाव कार्यक्रममा केसीले अहिले विदेशी मुद्राको सञ्चिति बढाउनेमा केन्द्रीत हुनुपर्ने बताए ।

‘कर्जाको ब्याजदर कोभिड सुरु हुनु अगाडि २०७६ सालमा ११.४९ थियो । अहिले अहिले ११.४७ छ’ केसीले भने, ‘मूल्यबृद्धि अनुसार ब्याज बृद्धि खासै बढेको छैन ।’ ब्याजदरको बारेमा आफूहरुले बुझाउन नसकेको भनाइ केसीको छ ।


क्लिकमान्डु