अर्थमन्त्रालयले भन्यो- जेठ १४ गतेको सीसीटीभी फुटेज अभिलेखमै छैन



काठमाडौं । अर्थमन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज अभिलेखमै नभएको बताएको छ ।

आगामी आर्थिक वर्षको बजेट लेखनका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सीसीटीभी फुटेजको समेत माग गरिएको छ ।

तर अर्थमन्त्रीले सीसीटीभी फुटेज कसैले माग्दैमा दिन नसकिने बताउँदै आएका थिए । तर उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गर्दै मन्त्रालयमा सीसीटीभी माग गरेपछि अर्थमन्त्रालयले फुटेज नै नभएको बताएको हो ।

मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्रै अभिलेखमा रहने र त्यसपछि हट्दै जाने नभएका उपलब्ध गराउन नसकिएको बताएको हो ।

अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई बजेटमा करका दर हेरफेर गर्न पहुँच दिएको भन्दै प्रतिपक्षी दल नेकपा एमालले संसदमा अर्थमन्त्रीलाई बहिस्कार गर्दै आएको छ ।


क्लिकमान्डु