सेञ्चुरी फुडको आम्दानी २९%ले बढ्यो, ९ महिनामा करिब डेढ अर्बको कारोबार गर्ने लक्ष्य



काठमाडौं । सेञ्चुरी फुड प्याकेजिङ प्रसोसिङ उद्योगको आम्दानी २९ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाखको कारोबार गरी २९ प्रतिशतले आम्दानी बढेको जनाएको हो ।

कम्पनीले सन् २०२० मा १ अर्ब २५ करोड २० लाखको मात्रै कारोबार गरेको थियो भने सन् २०१९ मा ८७ करोड ३० लाखको गरेको थियो । जसमा कम्पनीको कारोबार निरन्तर बढ्दै गएको देखिन्छ । सन् २०२१ मा १०.४७ प्रतिशतले नाफा कमाएको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा १ अर्ब ३६ करोड ९० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको छ । विराटनगरबाट थकाली, मुबारक, सन्चो, कुहिनुर, सुवास साहप् र झमझाम ब्रान्डमा खुदी चामल, बासमती चामल, लामो खालको चामल, जिरा चामल उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएका छन् ।

राजेन्द्र प्रसाद अग्रवाल अध्यक्ष रहेको यस उद्योगको देशभर ७ वटा डूला तथा साना खुद्रा विक्रेता छन् । जसमा कम्पनीले आन्तरिक तथा आयातित कच्चा पदार्थ ल्याई चामल प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, केयर रेटिङ नेपालले कम्पनीलाई दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोडको रेटिङ गराएको छ ।


क्लिकमान्डु