पाकिस्तानमा पानी संकट, उर्जा र खाद्य सुरक्षा प्रभावित



एजेन्सी । पछिल्ला दिनमा आर्थिक संकटको कडा सामना गरिरहेको पाकिस्तानमा पानीको संकट बढेर गएको छ । पानीको संकट बढ्दै जाँदा कृषि क्षेत्र नराम्ररी प्रभावित छ ।

बाँधमा पानी सकिन लागेको छ । त्यसबाट राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार पाकिस्तानमा पानीको अभावका कारण कृषि क्षेत्र र निर्यात उद्योग विनाशको सन्निकट पुगेका छन् ।

देशका धेरै क्षेत्रमा खडेरी भए पनि शाहबाज सरिफ सरकारले यसतर्फ खासै ध्यान दिएको छैन । यो समस्या पाकिस्तानका लागि ठूलो खतरा बनेको छ ।

पाकिस्तानका कन्ट्री डाइरेक्टर आरिफ जब्बार खानले भने, ‘जलस्रोतको संरक्षण र संरक्षणका लागि साना बाँध बनाएर पानीको अभावलाई सम्बोधन गर्न ध्यान दिइएन । राष्ट्रियस्तरमा खानेपानी व्यवस्थापनको जिम्मेवारी प्रमुख समस्या बनेको छ ।’

त्यसबाट ऊर्जा र खाद्य सुरक्षा पनि प्रभावित भएको छ ।

यो संकटले पाकिस्तानको कृषि क्षेत्रमा असर गरिरहेको छ । यो जीडीपीको को २३ प्रतिशत बराबरको हिस्सा ओगटेको क्षेत्र हो । ऊर्जा र खाद्य सुरक्षा प्रमुख समस्याका रुपमा देखिएको छ । देशले झण्डै ५० प्रतिशत बराबरको खानेपानीको अभाव भोगिरहेको छ । यो सन १९९१ यताकै सबैभन्दा धेरै कटौतीको रेकर्ड भएको बताइएको छ ।

सिन्ध र पञ्जाव प्रान्तमा मात्रै ७५ प्रतिशत बराबर पानीको अभाव देखिएको छ ।
सिन्धमा पानीको अभाव ठूलो समस्या हो । सिन्ध र पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबमा पनि ७५ प्रतिशतसम्म पानीको अभाव देखिनु आफैमा संकट गहिरिएको हो भन्ने हो ।

पञ्जाब सिँचाइ विभागको तथ्यांकअनुसार तौन्सा ब्यारेजबाट ६ हजार ७ सय क्युसेक मात्रै आपूर्ति भएको थियो । यो २५ हजार क्युसेकको आवश्यकताभन्दा ७३ प्रतिशत कम हो । यसबाहेक थाल नहरमा ८ हजार क्युसेकको सट्टा २ हजार क्युसेक पानी छोडिएकाले ७५ प्रतिशत अभाव भएको छ ।

पञ्जनाद ब्यारेज पनि ६६ प्रतिशत घटेर १२ हजार ७ सय क्युसेकको सट्टा ४ हजार ३ सय क्युसेक पाइरहेको थियो । सोल ब्यारेजमा २४ हजार २०० क्युसेकको तुलनामा ९ हजार ९ सय क्युसेक पानी आपूर्ति भएकोमा ५९ प्रतिशत पानीको अभाव रहेको थियो ।
अर्कोतर्फ सुलेमानकी ब्यारेज र तल्लो बहावल नहर दुवैमा ५४ प्रतिशत, सिधनाई ब्यारेजमा ५१ प्रतिशत, इस्लाम ब्यारेजमा ५० प्रतिशत र त्रिमु ब्यारेजमा ४३ प्रतिशत पानीको अभाव रहेको छ । यसै क्रममा मेलसी नहरमा ३३ प्रतिशत पानीको अभाव थियो । यसबाट पानी संकट के कति मात्रामा गहिरिएर गएको छ भन्ने देखिन्छ ।

प्रकृतिले नै नदिएपछि आर्थिक संकटमा जुधेको पाकिस्तानले अझै के कस्तो संकट भोग्नुपर्ने हो, त्यसको कुनै हिसाब किताब नभएको अर्थमा लिन सकिन्छ । किनकी, पानी नै नभएपछि जनजीवन झनै प्रभावित भएर जानेछ ।


क्लिकमान्डु