झीर सेकुवाको शाखा कालोपुलमा



काठमाडौं । सङ्खमुलमा रहेको झिर रेष्टुरेण्टको शाखा कालोपुलमा खुलेको छ ।

व्यावसाय विस्तारको क्रममा पहिलो शाखा काठमाडौंको कालोपुलबाट सञ्चालनमा आएको हो । यहाँ नदि किनारको प्राकृतिसँग रम्दै सेकुवाको आनन्द लिन सकिन्छ ।

सञ्जिव तिमील्सीनाले ८ महिना पहिले सङ्खमुलमा सुरु गरेको झिर रेष्टुरेण्टको यो पहिलो शाखा हो । गत चैतमा तोकिएको फ्रेन्चाइज शुल्क तिरेर फ्रेन्चाइजका अन्य शर्तहरु सहित फ्रेन्चाइज सम्झौता भयो ।

रेष्टुरेण्ट संचालनका लागी ४० देखी ४५ लाख रुपैयाँसम्म प्रारम्भिक लगानी आवश्यक पर्छ । नयाँ शाखामा कम्तीमा १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

ग्राहकहरुलाई विशेष गरी मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका परीकारहरुको मज्जा लिन सक्नेछन् , यस्ता परिकारहरु प्रति प्लेटका साथसाथै प्रति हाफ केजि, प्रति केजिमा पनि उपलब्ध हुनेछ । रेष्टुरेण्टमा पेय पदार्थहरु एमआरपि मुल्यमा बिक्री गरिएको छ ।


क्लिकमान्डु