सांसद गुरुङको गुनासोः सांसदलाई क्यान्टिनमा ढिलो खाना दियो, प्रहरीले सलाम गरेन



काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले सांसदलाई कानून बनाउने वातारण नभएको बताएकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद गुरुङले संसद भवनको क्यान्टिनमा खाना ढिलो दिएको, गुणस्तर नभएको, प्रहरीले सलाम नगरेको भन्दै गुनासो गरिन् ।

‘सांसद पनि मान्छे हो, भोक, तिर्खा र थकाइ लाग्छ, क्यान्टिनमा ढिला सुस्ती र खानामा लापरबाही भएको देखिन्छ, शौचालयमा भूँइभरी पानी छ,’ उनले भनिन्, ‘पानी पिउन जाँदा गिलास हुँदैन, हामी यसभवनभित्र जताततै घुम्न पाउनुपर्छ । सुरक्षाकर्मीले पनि कहिले अभिनन्दन गर्ने र नगर्ने लापरबाही छ ।’

उनले पूर्वकानूनमन्त्री शिवमाया तुम्बाहाम्फेको कार्यकालमा जस्तै वातावरण बनाउन समेत आग्रन गरिन् ।


क्लिकमान्डु