नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरमा जाने, अलफ्टमा साढे ६ बजे सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा शुक्रबार हस्ताक्षर हुने भएको छ ।

मर्जर प्रक्रियामा काम गरिरहेको स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारी अनुसार शुक्रबार सेयर कारोबार बन्द भएपछि मर्जर सम्झौतामा हस्ताक्षर हुनेछ ।

‘मर्जरमा जाने विषय सबै टुंगो लागिसकेको छ, अलफ्टमा आजै साँझ साढे ६ बजे सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यत्रलम छ,’ क्लिकमााण्डूसँग स्रोतले भन्यो ।

मर्जरमा गएपछि सोमबारदेखि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकिने छ ।

मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने सहमति छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ ।

हिमालयन बैंकसँग मर्जर प्रक्रिया रद्द भएपछि इन्भेष्टमेन्ट नयाँ पार्टनरको खोजीमा थियो । जसमा मेगा बैंकसँग इन्भेष्टमेन्टको कुरा मिलेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ ।

मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ ।

चुक्ता पुँजीका आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ ।

मर्जरपछि मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुनेछ ।


क्लिकमान्डु