सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ ।
ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट÷क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।
ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा एटिएम संचालनमा रहेका छन् ।