महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले पोखरामा सञ्चालित अन्नपूर्ण केबुलकारमा छुट पाउने भएका छन् ।

यसका लागि दुबै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको बैंकले सेदीबगर लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत् रकम भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा छुट पाउनेछन् ।


क्लिकमान्डु