एमाले सांसद खतिवडाले भने- चुनाव चिन्ह लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बज्रियो



काठमाडौं । नेकपा एमालेका नेता नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनका नाममा नुवाकोटे जनतामाथि दमन भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले भने बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका नाममा प्रहरीद्वारा दमन भएको बताए ।

‘स्थानीय निर्वाचनमा चुनाव चिन्ह भएको लौरो अहिले नुवाकोटे जनताको टाउको ढाडमा बज्रिन पुगेको छ,’ उनले भने, ‘फोहोर व्यवस्थापनका नाममा १७ वर्षदेखि नुवाकोटे जनताको नाममा जुन बेथेती भएको छ, स्थानीय जनताको जाजय माग सुनेर फोहोर व्यवस्थापन होस् ।’

जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङ जिल्लाको धुनीबेसीमा पर्ने बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरुमाथि प्रहरी दमन भएको भन्दै उनले विरोध गरे ।


क्लिकमान्डु