सेञ्चुरी बैंकको डबल धमाका मुद्दति खाता, यस्ता छन् सुविधा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्दति खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी डबल धमाका मुद्दति खाता न्यूनतम १० हजार रुपैयाँमै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु