प्लस टु दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट



काठमाडौं । प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले छुट दिने भएको छ ।

केबुलकारको टिकटमा ५० प्रतिशत छुट दिने निर्णय भएको कम्पनीको भनाइ छ ।

यसका लागि परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपले देखाउनु पर्नेछ । यो योजना जेठ २६ गतेदखि असार २ गतेसम्म लागू हुनेछ ।

पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत् करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिन्छ ।


क्लिकमान्डु