सेयर बजारमा निरन्तर गिरावट, इन्भेष्टमेन्ट बैंकको मूल्य १०% ले घट्यो



काठमाडौं । सेयर बजारमा आएको गिरावटले निरन्तर पाएको छ । मंगलबारको कारोबारमा पनि गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा रोकिएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.११ अंकले घटेर ४१५.६३ बिन्दुमा रोकिएको छ ।
२२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको २९.०१, विकास बैंक ५४.२६, जलविद्युत ३०.८७, वित्त कम्पनी २४.११, निर्जीबन बीमा २३६.४२, उत्पादन तथा प्रशोधन ८०.०८, माइक्रोफाइनान्स ७४.७२, जीवन बीमा समूहको उपसूचक ७१.८४ अंकले घटेको छ ।

बजारमा गिरावट आउँदा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँ ७० पैसाले घटेर ३३१ रुपैयाँमा रोकिएको छ । यो दिनको कारोबारमा रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु