कुमारी धनबृद्धि योजनामा परेन माग अनुसार आवेदन, थपियो समय



काठमाडौं । कुमारी धनवृद्धि योजनामा माग अनुसार आवेदन नपरेपछि आवेदन दिन समय थपिएको छ ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन भएको यो योजना जेठ १२ गतेदेखि १७ गतेसम्म का लागि निष्कासन भएको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपेर २६ गतेसम्म पुर्याइएको छ । माग अनुसार आवेदन परेमा २६ गतेभन्दा अगाडि नै बन्द पनि हुनेछ ।

प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ फण्ड निष्कासन गरेको छ । जसमा १८ करोडको १ करोड ८० लाख इकाइ कोष प्रबर्धन कुमारी बैंकलाई छुट्याएर १० करोड २० लाख सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसको योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको छ । कोषको प्रवर्धक कुमारी बैंक रहेको छ ।

लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ ।


क्लिकमान्डु