लगानीकर्ताले रुचाएनन् सरकारको बजेट, सेयर बजार राताम्मे



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म आइपुग्दा ४५.०९ अंकले घटेर परिसूचक २१७८.६९ बिन्दुमा रोकिएको छ । सरकारले आगामी आवको लागि बजेट ल्याएको भोलिपल्ट नै बजारमा गिरावट आउनुलाई लगानीकर्ताले बजेटलाई नरुचाएको रुपमा हेरिएको छ ।

२२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारेबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३१.५१, विकास बैंक ९७.५१, वित्त कम्पनी ३९.१३, जलविद्युत ६७.१३, जीवन बीमा ३०६.६९, उत्पादन तथा प्रशोधन १२७.६०, माइक्रोफाइनान्स ७१.५९ र निर्जीबन बीमा समूहको उपसूचक २४८.९५ अंकले घटेको छ ।

यो दिनको कारोबारमा बलेफी हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु