आयोजना प्रभावितले किनेनन् हिमालयन हाइड्रोपावरको सेयर, पुन: थपियो समय



काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा माग अनुसार आवेदन नपरेका कारण पुनः समय थपिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ निष्कासन गरेको थियो । वैशाख २५ गतेदेखि आयोजना प्रभावितलाई निष्कासन गरेको आइपीओमा आवेदन दिन सयम जेठ १६ गतेसम्म समय रहेको थियो । उक्त अवधिमा माग अुनसार आवेदन नपरेपछि २३ गतेसम्म आवेदन दिने समय थपिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ९ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका–१ साविकको पाचें गाविसको सबै वडा, मादी गाउँपालिका– २ साविकको नामार्जुन गाविसका सबै वडाका स्थानियलाई आइपीओ निष्कासन गरेको हो । मादी गाउँपालिका– ३ र ४ साविकको थुमाकोडाँडा गाविसका सबै वडाहरु र मादी गाउँपालिका– ६ र ७ साविकको सिल्दुजुरे गाविसका सबै वडाका स्थानियलाई आइपीओ निष्कासन गरेको छ ।

आइपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुच्छ्रे बैंकको मादी शाखा कास्कीबाट आवेदन दिन सक्नेछन् ।

मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीयबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु