पुँजीबजारका लगानीकर्ताको गिरेको मनोवल उकास्ने बजेटः नरेन्द्र सिँजापति



बजेट आवधिक योजनाहरु को कार्यान्वयन गर्ने माध्यम हो । बजेटले योजना कार्यान्वयनको लागि जिम्मेवारी र अख्तियारी प्रदान गर्छ। यस बजेटले विशेषगरी कृषिक्षेत्रमा ,उत्पादनमा र निर्यातमा बढी ध्यान दिएको छ।

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८४ करोड रुपैयाँको छ ।

म यहाँ शेयरबजारसँग सीधा जोडिएका विषयमात्रै उल्लेख गर्न गइरहेको छु ।

१, पूँजीबजारको विकास र संरक्षणमा जोड
२, धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई प्रभावकारी बनाउने ।
३, पुँजीबजारको विस्तार विविधिकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हक संरक्षण गरिने ।
४, धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने।
५, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण सुरक्षित गरिने ।
६, एक अर्ब रुपैयाँ वा सोभन्दा बढी पुँजी भएका कम्पनी , ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी ,प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी , सरकारको अनुदान सहूलियत वा कर छुट प्राप्त गर्ने कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।
७, विद्युत प्राधिकरण को प्रीमियममा शेयर जारी गर्ने ।
८, हरित ऋण पत्र जारी गरी पूर्वधारमा लगानी गर्ने ।

९, हाइड्रो पावर र ऊर्जा क्षेत्रमा जोड़ ।

अन्य सकारात्मक कुराहरु

१, स्टार्टअपका लागि २६ करोड़को भेन्चर क्यापिटल शुरुआत गरिने ।
२, सिमेण्ट डंडी र जुत्ता निर्यातमा ८ प्रतिशत अनुदान दिने ।
३, द्योगग संचालन को लागि सरकारी जग्गा ५० वर्ष सम्मको लागी उपलब्ध गराउने ।
४, मासिक १० करोडको विद्युत् खपत गर्ने लाई १५ प्रतिशत छुट दिने ।
५, परियोजना धितोमा कर्जा उपलब्ध गराउने।
६, घरजग्गाको कारोबार अनुमति प्राप्त व्यक्ति वा संस्थाबाट मात्र गर्ने ।
७, ग्यास छोडौं बिजुली जोडौं अभियान ।

उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दिगो आर्थिक विकास हासिल गर्नका लागि प्रस्तुत गरिएको बजेटमा पुँजी बजारलाई विगत वर्षहरु भन्दा नजिकबाट सम्बोधन गरेको छ।

कोरोना १९ महामारीको असर पछि बिग्रिएको अर्थतन्त्र र पुँजीबजारमा आवद्ध लगानीकर्ताहरूको गिरेको मनोबलकाबीच प्रस्तुत भएको यो बजेटले धेरै सकारात्मक कुराहरु गरेपनि तत्काल लगानीकर्ताहरुलाई उत्साहित गर्ने अवस्था सिर्जना गर्न नसकेपनि निरुत्साहित भने बनाएको छैन ।

आशा गरौं बजेट कार्यान्यन भई अर्थतन्त्रमा सुधार आइ पुँजीबजार विकसित र विस्तारित हुनेछ ।


क्लिकमान्डु