प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा



काठमाडौं । हालसम्म एउटा पनि मेडिकल कलेज सञ्चालन नरहेको सुखुरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सुदुरपश्चिमको कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन गरिनुको साथै डडेलधुरा समेत नयाँ मेडिकल कलेज स्थापना गर्ने घोषणा बजेटले गरेको हो ।

डडेलधुरा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्र रहेको भन्दै मेडिकल कलेज स्थापना गर्न स्थानीयले माग गर्दै आएका थिए ।

डडेलधुरा घर भएका प्रधानमन्त्री भएको समय डडेलधुरामा मेडिकल कलेज स्थापना हुन लागेको हो ।


क्लिकमान्डु