हवाई पूर्वाधार बनाउन १२ अर्ब २४ करोड विनियोजन



काठमाडौं । सरकारले हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड विनियोजन गरेको छ ।

सुर्खेको रामघाटमा नयाँ क्षेत्रीय विमानस्थल निर्माण गर्नेदेखि ७ वटा सहरका अत्याधुनिक टर्मिनल भवन बनाउने सरकारले तयारी छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भैरहवा र पोखराको विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याएने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि २ अर्ब २० करोड बजेट बिनियोजन गरिएको समेत बताए ।

आगामी आवमा गौतम बुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गरिने, धनगढीको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइने र सुखर्तेमा रहेको विमानस्थललाई प्रादेशिक विमानथलमा स्तरोन्नती गरिने उनले बताए ।

उनले नागरिक उड्ययन प्राधिकरणको पुनसुंरचना गरी सेवा प्रदायक र नियामकका रुपमा बनाइने बताए भने डडेलधुरा, बलेवा, उदयपुरमा विमानस्थल सञ्चालनमा ल्याएने समेत बताए ।


क्लिकमान्डु