सर्वोच्चले नबनाउन भनेको निजगढ विमानस्थल निर्माण गर्ने सरकारको घोषणा



काठमाडौं । सर्वोच्च अदालतले नबनाउन भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारको बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट छुट्याएको बताए ।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत् आयोजना विकास कार्यक्रम अगाडि बढाइने छ,’ उनले भने ।

उनले भैरहवा र पोखरा पूर्णरुपमा सञ्चालनमा ल्याएने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि २ अर्ब २० करोड बजेट बिनियोजन गरिएको समेत बताए ।

आगामी आवमा गौतम बुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गरिने, धनगढीको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइने र सुखर्तेमा रहेको विमानस्थललाई प्रादेशिक विमानथलमा स्तरोन्नती गरिने उनले बताए ।

उनले नागरिक उड्ययन प्राधिकरणको पुनसुंरचना गरी सेवा प्रदायक र नियामकका रुपमा बनाइने बताए भने डडेलधुरा, बलेवा, उदयपुरमा विमानस्थल सञ्चालनमा ल्याएने समेत बताए ।

उनले हवाई क्षेत्रका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरिएको बताए ।


क्लिकमान्डु