मासिक १० करोडको विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशत छुट दिने सरकारको निर्णय



काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

आइतबार आर्थिक आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युत् महशुलमा छुट दिने घोषणा गरेका हुन् ।

उनले मासिक १० करोडभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिन बताए ।

साथै, अर्थमन्त्री शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङकर, सिमेन्ट, स्टील, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रबर्द्धन गरिने र यस्ता वस्तुमा ८ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने उनले बताए ।


क्लिकमान्डु