सबै वडामा कृषि प्राविधिक र हरेक पालिकामा कृषि विज्ञ



काठमाडौं । सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा देशभर कृषि प्राविधकको संख्या बढाएर कृषि उत्पादन बढाउने लक्ष्य लिइएको छ ।

देश भर कृषि प्राविधिकको संख्या कम भएको भन्दै कृषि प्राविधिकको संख्या बढाउन किसानले माग गर्दै आएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड र कृषि सुधारका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।


क्लिकमान्डु