वाम अर्थमन्त्रीको रातो ‘ब्रिफकेश’ मोह, अर्थमन्त्री शर्माको बजेट झोला खतिवडाको भन्दा रातो



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेट वक्तव्य राखिएको रातो झोला बोकेर संसद भवनतर्फ लागेका छन् । आइतबार अपरान्ह ४ बजेदेखि मन्त्री शर्माले संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन् ।

रमाइलो कुरा के छ भने अर्थमन्त्री शर्मालाई पनि यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाको भन्दा रातो झोला मन परेको छ ।

तत्कालीन अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्य रातो ब्रिफकेशमा बोकेका थिए । आर्थिक वर्ष २०७६/७७ को बजेट भने रंग परिवर्तन गरी हल्का कलेजी रंगको ब्रिफकेश बोकेका थिए ।

अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि डा. खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्य बोकेकै रंगको ब्रिफकेश प्रयोग गरेका छन् ।

सामान्यतथा कालो झोलामा रातो रिवनले बाँधेको ब्रिफकेश प्रयोग गरिँदै आएको छ ।

वामपन्थी अर्थमन्त्रीद्धय खतिवडा र शर्मालाई लाल झोला मोह भएको देखिन्छ । यद्यपि बजेट बोक्ने यस्तै रंगकोाा झोला वा ब्रिफकेश हुनुपर्छ भन्ने निश्चित मापदण्ड भने छैन ।


क्लिकमान्डु