अर्थमन्त्रालयबाट बजेट भाषण गर्न हिँडे अर्थमन्त्री शर्मा 



काठमाडौं । अर्थमन्त्रालयबाट बजेट भाषण गर्न अर्थमन्त्री जनार्दन शर्मा नयाँ बानेश्वर प्रस्थान गरेका छन् ।

मन्त्रिपरिषद्बाट बजेट पास भएपछि अर्थमन्त्री शर्मा अर्थमन्त्रालय पुगेका थिए ।

अर्थसचिव मधु मरासिनीले अर्थमन्त्री शर्मालाई बजेट भाषण भएको झोला हस्तान्तरण गरे ।

अर्थमन्त्री शर्माले ४ बजे संघीय संसद्मा बजेट सार्वजनिक गर्ने तालिका छ । 


क्लिकमान्डु