स्रोत समितिबाट बजेट सिलिङ स्वीकृत, मन्त्रिपरिषद् बैठकमा पेश



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट सिलिङ पारित गरेको छ ।

आयोगको स्रोत समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेटको सिलिङ पारित गरेपछि आगामी आर्थिक वर्षको बजेट पास गर्न मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेपछि आजै अपराहन्न संसदमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।


क्लिकमान्डु