बजेट निर्माणका लागि नेपाल बैंकले लुम्बिनी र कर्णाली प्रदेश कार्यालयसँग गर्यो छलफल



काठमाडौं । बैंक नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९-८० का लागि बैंकको बजेट तथा कार्यक्रम तयार पारिरहेको छ ।

यसका लागि लुम्बिनी र कर्णाली प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ ११ देखि १३ गतेसम्म पोखरामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, लुम्बिनी र कर्णाली प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४४ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।

बैंक व्यवस्थापनले शाखाहरुसंग अन्तक्रिया गरि शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढि हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषयमा छलफल भएको छ । यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बताए ।

देशभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।


क्लिकमान्डु