तारा एयरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो



काठमाडौं । तारा एयरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे ।

‘मुस्तङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ ।’

उनका अनुसार लेतेबाट जोमसोमतर्फ बाँयापट्टी लार्जुङको खोँचमामा दुर्घटना भएको र दुर्घटनास्थलमा उद्दारकर्मी पुग्न नसकेको उनले बताए ।

‘दुर्घटनास्थल नजिकै केही स्थानीयहरु छन्, त्यहाँको मौसम कुहिरोका कारण हेलिकोप्टरले उडान भर्न सकेको छैन,’ उनले भने ।

तारा एयरको ९-एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को-पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए ।

विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कबिहीन भएको थियो ।


क्लिकमान्डु