सम्पर्कबिहीन विमान खोज्न उडेको फिस्टेलको हेलिकोप्टर मौसम खराबीका कारण जोमसोममा फर्कियो



काठमाडौं । सम्पर्कबिहीन तारा एयरको विमान खोज्न उडेको फिस्टेलको हेलिकोप्टर मौसम खराबीका कारण जोमसोम विमानस्थलमा फर्किएको छ ।

मौसम खराबीका कारण हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी दिए ।

‘सम्पर्कबिहीन विमान सर्च गर्न उडेको फिस्टेलको हेलिकोप्टरले मौसम खराबीका कारण केही राउण्ड लगाएर फर्किएको छ, विमानबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन,’ उनले भने ।

पोखराबाट विहान ९ः५५ बजे जोमसोमका लागि उडान भरेको तारा एयरको ९एन–एईटी कल साइन भएको विमान लेते पासबाट सम्पर्कविहीन भएको थियो ।

विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली नागरिकका साथै ३ जना चालक दलका सदस्य सवारी छन् ।


क्लिकमान्डु