फ्लाइड राडरमा अन्तिम पटक शिखामाथि देखिएको थियो तारा एयरको विमान



काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान अन्तिम पटक शिखामाथि देखिएको छ ।

फ्लाइड राडरमा पोखरादेखि जोमसोमका लागि उडान भएको ९एन–एइटी कल साइन भएको विमान शिखामाथि देखिएको हो ।

पोखराबाट विहान ९ः५५ बजे जोमसोमका लागि उडान भरेको तारा एयरको ९एन–एईटी कल साइन भएको विमान लेते पासबाट सम्पर्कविहीन भएको थियो ।

विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली नागरिकका साथै ३ जना चालक दलका सदस्य सवारी छन् ।


क्लिकमान्डु