सम्पर्कबिहीन तारा एयरको विमान खोज्न फिस्टेलको हेलिकोप्टर पठाइयो, सेनाको हेलिकोप्टर पठाइँदै
काठमाडौं । सम्पर्कबिहीन भएको तारा एयरको विमान खोज्नका लागि फिस्टेल हेलिकोप्टर पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमान खोज्नका लागि फिस्टेलको हेलिकोप्टर त्यसक्षेत्रतर्फ पठाइएको छ भने नेपाली सेनाको हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
पोखराबाट विहान ९ः५५ बजे जोमसोमका लागि उडान भरेको तारा एयरको ९एन–एईटी कल साइन भएको विमान लेते पासबाट सम्पर्कविहीन भएको थियो ।
विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली नागरिकका साथै ३ जना चालक दलका सदस्य सवारी छन् ।