नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३ सय ८१ अमेरिकी डलर



काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३ सय ८१ डलर हुने अनुमान गरिएको छ ।

आर्थिक सर्वेक्षण २०७८/७९ को तथ्यांकअनुसार चालु आवमा नेपालीको प्रतिव्यक्ति आम्दानी १०..८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो । गत वर्ष यस्तो आम्दानी १ हजार २ सय ४६ अमेरिकी डलर थियो ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय १ हजार ६ सय ८३ अमेरिकी डलर पुग्ने अनुमान छ ।

आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आयको वृद्धिदर दोहोरो अंकमा रहेको छ ।


क्लिकमान्डु