ओलीलाई गगन थापाले भनेः रन्थनिएका बेला जे बोले पनि हुन्छ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई जवाफ दिएका छन् ।

नीति तथा कार्यक्रममा करिब ३ घण्टा बोलेका केपी ओलीलाई जवाफ दिँदै थापाले भने, ‘रन्थनिएको बेलामा जसरी बोले पनि हुन्छ, अहिले हामीले सुनिदिनुपर्छ ।’

उनले केपी ओलीले व्यक्त गरेको विचार कुण्ठा मात्रै भएको बताए ।

‘प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति वा असहमति हुन्छ । तर कुण्ठामा केवल सहानुभुति मात्रै हुन्छ । घण्टौ बसेर बोल्ने बसेर सुतेर पलेटी कसेर बोले पनि सुनिदिनुपर्छ । तर हामीले सुनिदिनुपर्छ,’ उनले भने ।

थापाले एमालेले निरन्तर निर्वाचन हुँदैन भन्दै आए पनि निर्वाचन सानदारतरिकाले सम्पन्न भएको भन्दै सरकार र निर्वाचन आयोगलाई धन्यवाद समेत दिए ।


क्लिकमान्डु