विजुली बेचेर धनी हुने वाहियात कुरा होः माओवादी नेता राम कार्की



काठमाडौं । माओवादी नेता राम कार्कीले विजुली बेचेर धनी हुने वाहियात कुरा भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथि बोल्दै नेता कार्कीले भने, ‘नेपालमा सबैभन्दा खतरनाक कुरा विजुली बेचेर धनी हुने बाहियात कुरा हो । यो संसारमा कतै पनि हुँदैन ।’

उनले नेपालले विजुली बेच्नै नसक्ने ठोकुवा समेत गरे ।

‘नेपालले क्लिन इनर्जी बेच्नै सक्दैन । आज डोजरबाट चलाइरहेको हिमाल, चुरे र महाभारतमा विजुलीबाट चल्ने मार्ग बनाउनुपर्छ । यसका लागि २० हजार मेगावाट विजुली चाहिन्छ । अहिलेसम्म शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा गएको छैन । भान्समा पनि विजुली पुग्न सकेको छैन,’ उनले भने ।

उनले नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट नभएको बताए ।


क्लिकमान्डु