रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । कम्पनीले बैशाख २८ देखि जेठ ४ गतेसम्म सर्वसाधारणलाई प्राथमिक सेयर निश्कासन गरेको छ ।


क्लिकमान्डु