निजगढ विमानस्थल नबनाउन आदेश दिने न्यायाधीशहरु कहाँबाट प्रभावित भए ?



काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउने आदेश दिने न्यायाधीशहरु कहाँबाट प्रभावित भए भन्दै प्रश्न गरेकी छन् ।

‘निजगढ विकानस्थल नबनाउन कुन निर्णयलाई लिएर आदेश दिएको छ,’ उनले भनिन्, ‘८ हजार रुख फाँडेको वा अव्यवस्थित जग्गा अतिक्रमण गरेर बसेकाको अधिकारलाई कुरा गरेको छ भने अर्को उपचार गर्न सकिन्छ । यदि उक्त क्षेत्रमा विमानस्थल चल्दैन भने अर्को उपाय खोज्न सकिन्छ । तर, न्यायालय प्रश्नभन्दा बाहिर छ ।’

उनले प्रत्येक प्रधानन्यायाधीश बन्ने लाइनमा भएका न्यायाधीशहरु संसदमा आएर फेस गर्न चुनौती दिइन ।

‘अहिले अदालतले विमानस्थल नबनाउने आदेश दिएको छ । यसमा श्रीमानहरू कहीँबाट प्रभावित भएको पो हो की ? निवेदकहरू कहीँबाट प्रभावित भएको पो हो की,’ उनले भनिन् ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाएर सहर बसाउने, आर्थिक क्रियाकलाप हुने भएकाले नेपालीहरूका लागि गेमचेन्जर प्रोजेक्ट भएको उनको भनाइ छ ।

‘श्रीमानहरूले गरेको निर्णय कुन प्रिन्सिपललाई टेकेर आएको छ ?’ उनले भनिन् ।


क्लिकमान्डु