सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा प्रभु बैंकको संस्थापक सेयर अगाडि



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १५.८२ अंकको गिरावट आउँदा परिसूचक २२२३.७८ बिन्दुमा रोकिएको छ ।

२२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँको सेयर किनेबच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक ६.०८, विकास बैंक ३७.५४, फाइनान्स कम्पनी २२.३६, जलविद्युत २९.७३, जीवन बीमा ७८.८१, माइक्रोफाइनान्स ३७.८१, निर्जीबन बीमा समूहको उपसूचक ६८.४६ अंकले घटेको छ ।

कारोबारमा रु रु जलविद्युत परियोजना, नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै दिव्यश्वरी हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, कर्णाली विकास बैंक, अप्पर तामाकोशी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारमा प्रभु बैंकको संस्थापक सेयर धेरै मूल्यमा कारोबार भएको छ । १७ करोड ६० लाख ७५ हजार रुपैयाँको बैंकको संस्थापक सेयर किनबेच भएको छ । धेरै कारोबार हुने कम्पनीमा मेगा बैंक पनि रहेको छ । बैंकको ९ करोड ८२ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु