राप्ती हाइड्रोले २४ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले आयोजना प्रभावित जनताका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । उक्त सेयरमा रुकुम पूर्वी र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

असार २४ देखि निष्काशन हुने आइपीओमा असार ७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम ६ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

आइपीओमा आवेदन दिन बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट र प्रभु बैंकको मुसिकोट शाखाबाट आवेदन दिन सकिनेछ ।

यस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु