काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउछुः मेयर बालेन साह



काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् ।

शुक्रबार विहान निर्वाचनको आधिकारिक घोषणापछि संक्षिप्त प्रतिक्रिया दिँदै साहले भने, ‘आजदेखि कामको शुरुवात भएको बताए ।’

‘यो हाम्रो विजयभन्दा पनि कामको शुरुवात हुनेछ । अबको ५ वर्ष हाम्रा एजेन्डाहरुलाई कार्यान्वयन गर्नतर्फ लाग्ने हो । काठमाडौं महानगर हाम्रो परिवार हो । र, यसलाई विश्वकै उत्कृष्ट सहर बनाउनका लाग सबैसँग सहकार्य गर्नेछौं,’ उनले भने ।


क्लिकमान्डु