फलफूल, जडिबुटी प्रशोधन गर्ने परियोजनालाई आधार दरमा २% प्रिमियम थपेर कर्जा दिनुः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादनका प्रवाह गर्ने कर्जामा आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘फलफूल तथा लागि र÷वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने÷भएका कर्जामा लागु हुने छैन,’ परिपत्रमा उल्लेख छ ।