बजेटको प्रतिक्षामा लगानीकर्ता, मेगा बैंकको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबार रकम भने निकै न्यून रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजारको सुधारका लागि काम गर्ने भन्ने उल्लेख गरेसँगै लगानीकर्तामा केही उत्साह बढेको जानकार लगानीकर्ताको बुझाइ छ । नीति तथा कार्यक्रममा भनिएजस्तै आगामी आवको बजेटले पनि बजारको हितमा काम गर्ने नीति लिने र बजारले अपेक्षाकृत सुधारको बाटो तय गर्ने अपेक्षा लगानीकर्तामा बढेसँगै बजारमा सुधार देखिएको जानकार लगानीकर्ताको तर्क छ ।

बिहीबारको कारोबारमा २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता सेयर ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा केही समूहको उपसूचकमा गिरावट आएपनि अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको १५.०२, जीवन बीमा ८९.८८, उत्पादन तथा प्रशोधन २७.५५, माइक्रोफाइनान्स ४.२९, जीवन बीमा समूहको उपसूचक ७.४३ अंकले बढेको छ । यो दिनको कारोबारमा मेगा बैंकको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु