सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा बिहीबार १२ सय ७० रुपैयाँ कायम भएको छ ।