प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न हिमालयन रिले बोलायो विशेष साधारणसभा



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीले जेठ २७ गते, दिउँसो २ बजे होटल अलफ्ट, ठमेल, काठमाडौँमा सो सभा शुरू हुने कम्पनीले जनाएको छ ।

बैशाख २ गते बसेको कम्पनीको सञ्चालक समितिको २५ औँ बैठकले विशेष साधारण सभाको मिति तय गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।


क्लिकमान्डु