राष्ट्र बैंकले २२ करोड ३२ लाख मुद्दति निक्षेपमा राख्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेका २२ करोड ३२ लाख रुपैयाँ रहेको पैसा मुद्दनि निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकले वाणिज्य बैंकमा १७ करोड ८७ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३४ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ राख्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफुले लिन चाहेको रकमको लागि ब्याजदर प्रस्ताव गर्न भनिएको छ । असार १ देखि २०८० जेट ३२ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राख्न खोजेको हो ।

१९ गते राती १२ बजेभित्र बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम खुलाई ब्याजदर प्रस्ताव गर्नुपर्ने छ ।


क्लिकमान्डु