दुई हाईड्रोसहित ३ कम्पनीलाई आइपीओ ल्याउन बोर्डको अनुमति



काठमाडौं । धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले एउटा माइक्रोफाइनान्स र दुई वटा हाईड्रोपावरलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन र स्वेतगंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सनलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले आदर्श लघुवित्तलाई ६७ लाख रुपैयाँको ६७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । यसको बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।

बोर्डले राप्ती हाईड्रोलाई पनि आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको २९ लाख ४१ हजार ४१० कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

बोर्डले स्वेतगंगा हाईड्रोलाई पनि आइपीओ निष्काश गर्न अनुमति दिएको हो । कम्पनीलाई बोर्डले ३९ करोड ८२ लाख ५० हजार रुपैयाँको ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

दुई वटै हाईड्रोपावर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने अनुमति पाएका हुन् ।


क्लिकमान्डु