सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकममा अप्पर तामाकोसी अगाडि



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १४.३७ अंकले बढेर परिसूचक २२३१.५७ बिन्दुमा रोकिएको छ ।

यो दिन २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४२ अंकले बढेर ४३५.०९ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ ।

बुधबार बैंकिङ समूहको उपसूचक ८.१९, विकास बैंक २५.१८, जलविद्युत ३०.२९, वित्त कम्पनी ९.५, निर्जीबन बीमा १३४.५१, उत्पादन तथा प्रशोधन २९.०२, जीवन बीमा समूहको उपसूचक ६६.५१ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी अप्पर तामाकोशी हाईड्रोपावरको सेयर किनबेच भएको छ । कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७४७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अरुण कावेलीको ४ करोड ७१ लाख ६८ हजार ७५७ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु